Logo
२५ बैशाख २०८१, मंगलबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मस्तिष्काघातका कारण वडा सदस्य राधाकृष्ण भण्डारीको मृत्यु

वागमती प्रदेश स्थित विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ ।

पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।

नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताए । उनको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरिएको छ ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्