Logo
१९ बैशाख २०८१, बुधबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँमा मोटरसाइकल दुर्घटना हुदाँ विवेक थापामगरको मृत्यु

गण्डकी प्रदेश स्थित तनहुँमा गएराति भएको मोटरसाइकाल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा एक युवती घाइते भएकी छन् ।मृत्यु हुनेमा व्यास-२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो ।

विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्