कमलपोखरीमा वृहत नागरिक आन्दोलनको विरोध प्रदर्शन
कमलपोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै वृहत नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेका छन् ।
कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा वृहत नागरिक आन्दोलनले सांकेतिक रुपमा पोखरी बनाएको छ ।
वृहत नागरिक आन्दोलनका सहभागीहरुले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका छन् ।
त्यस क्रममा प्रहरीसँग आन्दोलनका सहभागीको धकेलाधकेल भएको थियो ।त्यसपछि उनीहरुले माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’, कमलपोखरी जनताको हो भन्दै नारा लगाएका थिए ।
आन्दोलनका सहभाागीले माटोको मौलिक पोखरी बनाएर पानी जम्मा पारेका छन् । उनीहरुले विकासका नाममा मौलिकता नमास्न आग्रह गरेका छन् ।
यसअघि वृहत नागरिक आन्दोलनले शुक्रबार नै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने, मातृभाषा संरक्षण गर्नुपर्ने लगायतको माग राखेका थिए ।