Logo
२४ बैशाख २०८१, सोमबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत गुल्मीका एक पुरुषको मृत्यु

लुम्बिनी प्रदेश स्थित रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारत गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ताले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २ सय ४० पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १० पुगेको छ ।

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्