Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुकुरले मानिसले लगाएको मोजा सुँघेरै मलेरिया पत्ता लगाउँछन् !

हाम्रो समाजमा कुकुरलाई एक ज्ञानी र बफदार जनावरको रुपमा हर्ने गरिन्छ । त्यसकारण अहिले पहिले देखिनै मानिसले कुकुरलाई साथी बनाएको पाइन्छ ।

कुकुर सिकारी युगदेखि मानिसलाई सहयोग गर्दै आएको छ । सो त्यसैले कुकुलाई तालिम दिएर अनुसन्धान कार्यमा पनि लगाउने गरिन्छ ।

कुकुले अपराधी देखि रोगपत्ता लगाउनको लागि हामीलाई सहयोग गर्ने गर्छ । कुकुरहरूले यूरिन स्याम्पल सुँघेर बिरामीमा प्रोस्टेट क्यान्सर, थाइराइड क्यान्सर, तथा मधुमेह पत्ता लगाउन सक्ने दाबी गरिएको थियो ।

तर कुकुरले रातभरि लगाएको मोजा सुँघेर मलेरिया पनि पत्ता लगाउन सक्छन् । मलेरिया संक्रमित रोगीको छाला र श्वासबाट विशेष खालको दुर्गन्ध आउने हुँदा कुकुरहरूले सुँघेर मलेरियाको पहिचान गर्न सक्ने लण्डनको डरहम यूनिभर्सिटीका खोजकर्ताहरूले दाबी गरेका हुन् ।

उक्त अनुसन्धानमा ९० प्रतिशत सफलता प्राप्त भएको थियो ।अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजीनको वार्षिक बैठकमा उक्त रिसर्च पेश गरिएको थियो ।

अनुसन्धान समयमा ग्याम्बिया स्कूलका बच्चाहरूमा मलेरियाको लक्षण देखिएपछि उनीहरूलाई रातभरि नाइलनको मोजा लगाउन र रगतको नमूना दिन लगाइएको थियो ।

उक्त स्कूलबाट कुल १ सय ७५ नमूना लिइयो ।त्यसमध्ये १ सय ४५ स्वस्थ बच्चाहरूको पनि मोजाको नमूना लिइएको थियो ।

उक्त नमूनाहरूलाई जाँचको लागि लण्डन पठाइयो ।त्यहाँ प्रशिक्षित दुई कुकुरहरूले मोजा सुँघेर ३० बच्चाहरूमा मलेरिया भएको पुष्टि गरेको थियो ।

यस्तै रगतको परीक्षण गरेर हेर्दा ७० प्रतिशत नतिजा सही रहेको पाइएको थियो ।यसका लागि कुकुरहरूलाई थप प्रशिक्षणको तथा मोजा बाहेक अर्को वस्तुको पनि अनुसन्धानमा समावेश गर्नु पर्ने आवश्यक देखिएको थियो ।एजेन्सी

 

प्रकाशित मिति: Nov 9, 2020

प्रतिक्रिया दिनुहोस्