Logo
२३ बैशाख २०८१, आईतबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना सबै सांसदहरूको दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्ने नेकपाको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि आफ्ना सांसदहरूलाई दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सबै सांसदको दशैं भत्ता कोभिड उपचार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

सांसदहरूले दशैं भत्ता बुझेकोबारे शुक्रवार समाचार प्रकाशित भएपछि केही सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ताको घोषणा गरिसकेका छन् ।

अहिले आएर पार्टीले संस्थागत रूपमै भत्ता फिर्ता गर्ने निर्णय गरेको हो । ​

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्