Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा गुजारा न चलेपछि मधेशी भन्दै नेपाल पस्दै : “टेकुको लाईनमा ९० प्रतिशत भारतीय”

लामो समयको लकडाउनले थलिएका भारतीयहरु फेरि नेपाल प्रवेश गर्न थालेका छन् । लकडाउन खुलेसँगै नेपाल केन्द्रित ब्यापार-ब्यवसाय, मज्दुरी आदि गर्दै आएका भारतीयहरु नेपाल प्रवेस गर्न थालेका हुन् ।

यसमा विचारनीय कुरा के छ भने उनीहरु ढाँटेर “मधेशी” भन्दै आउने गरेका छन् । सुरुमा मधेशी भनेर परिचय दिन्छन् तर धेरै खोजविद हुन थालेपछि रक्सौल, मोतिहारी, सुनवर्षा, दरभङ्गा आदिका आफू भएको बताउँछ्न ।

गरिबी, बेरोजगारी आदिका कारण आफूहरू विदेशीनुपरेको उनिहरुको भनाइ रहेको छ ।
उनिहरु हक्काहक्की भन्छन् -“भारतको सरकार भन्दा त नेपाल सरकार पो ठिक, भारतमा त झन बढी बेरोजगारी छ” ।

सोमबार बिहान् टेकु अस्पतालको लाइनमा रहेका राजेश साह सुरुमा आफू सर्लाहीका भने अझै सोधपुछ गरिएपछि त्यसपछि आफू सुनवर्षाको भएको बताए ।

सुनवर्षा सिमावर्ती बिहारको भारतीय बजार हो, नेपालमा कमाइ पनि राम्रो छ, फेरि लामो समयदेखि आफूहरू नेपालमै बस्दै आएकाले आफूहरुको रोजाई भारत भन्दा पनि नेपाल नै रहेको उनी बताउँछ्न ।

“यहाँ भारतीय भनेर हेपिन्छ त्यहीँ भएर हामी आफूलाई मधेशी भन्छौं” उनले भने – “म मात्रै होईन प्रायः सबैले त्यस्तै गर्छन् ।” उनी भन्छन् -यहाँ त मधेशीलाई धेरै अधिकार छ ।”

लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै यता काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ ।

ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् । टेकुले स्वाब संकलन गरेको ७२ घण्टामा पीसीआर परीक्षणको रिपोर्ट दिने गरेको छ ।

टेकुमा आइतबार मात्रै काठमाडौं बाहिरबाट आएका तीन हजारभन्दा बढी मानिसहरु पीसीआर परीक्षण गराउन पुगेका थिए ।

तर, उक्त लाइनमा पहाडी भेगका मानिसको अनुहार खासै देखिँदैनथ्यो । एकाध बाहेक सबै तराई/मधेसबाट आएकाहरु थिए । उनीहरु लक्षण देखिएर भन्दा पनि घरबेटीले दुःख दिएका कारण परीक्षण गर्न पुगेका थिए ।

टेकु अस्पतालका अनुसार मधेशी जस्तै अनुहार देखिएपनि PCR गराउन आउने ९० प्रतिशत भारतीय हुन् ।

“हामी सबैको PCR त गर्छौं नै तर फर्म भर्दा अधिकांशले ढाँट्ने गरेछन्” टेकु अस्पतालका एकजना अधिकारीले भने- “अधिकांशले सुरुमा सर्लाही, रौतहट, बारा, पर्सा, धनुषा, महोत्तरीका भन्छन् तर पालिका/वडा आदि सोधपुछ गर्दा त्यसपछि बल्ल भारतको स्वीकार गर्ने गरेका छन् ।”

“भारतीयले, भारतीय नै भनोस् हामिलाई नि रेकर्ड राख्न सजिलो हुन्छ नाम उल्लेख नगर्ने शर्तमा उनले भने – “मधेशी जस्तो अनुहार भएर हामी नेपाली नै ठान्छौं तर उनीहरु भारतीय हुन्छन्”

यद्यपि हामी भारतीय भनेर कुनै भेदभाव भने नगर्ने गरेको तर आधिकारिक रेकर्डको वास्तविक तथ्यांकमा भने समस्या हुनेगरेको उनको तर्क रहेको छ ।

सरकारले गत १ गतेदेखि लामो दूरीका सवारीसाधन पनि चल्न पाउने निर्णय गरेपछि कामका लागि भन्दै काठमाडौ आउनेको संख्या एक्कसी बढेको छ ।

टेकु अस्पतालमा भेटिनेमध्ये पनि अधिकांशले आफूलाई प्रदेश २ का बताउँछन् । घरभेटीले जसरी भए पनि रिपोर्ट ल्याएर आउनु भनेपछि उनीहरू कोही झोला बिसाएर त कोही झोलै बोकेर टेकु अस्पतालमा सुत्न जान्छन् ।

तर सबैको पालो आउँदैन । रातिदेखि भोलिपल्ट दिउँसो २ बजेसम्म लाइन बसेर फर्किन्छन् र उही दिनचर्या सुरु हुन्छ ।

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलले टोकन सिस्टमअनुसार दैनिक पाँच सयको परीक्षण गरिरहेको बताउँछन् ।

पछिल्लो समय परीक्षण गरेका ३० देखि ५० प्रतिशत दैनिक पोजेटिभ रिपोर्ट आइरहेको उनले बताए । तर, काठमाडौं बाहिरबाट आएकाहरुलाई हप्ता १० दिन क्वारेन्टािनमा बस्न डा. अनुपको सुझाव छ ।

‘बाहिरबाट आएको भोलिपल्टै परीक्षण गर्दा नेगेटिभ पनि देखिन सक्छ । र, पछि मार्केटमा हिँडेपछि उनीहरुले कोरोना सार्ने ठूलो डर हुन्छ’, उनले भने, ‘लक्षणसहितका बिरामीलाई मात्र परीक्षण गर्ने कि लक्षणविहीनलाई पनि गर्ने, यो अहिले ठूलो चुनौतिको विषय बनेको छ ।’

यदि पोजेटिभ आइहाले पनि उनीहरु आइसोलेट भएर बस्छन् कि बस्दैनन् भन्ने पनि समस्याको विषय बन्दै आएको डा.बास्तोला बताउँछन् ।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्