Logo
५ जेष्ठ २०८१, शनिबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेकपा (एमाले)’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह उदाउँदो सूर्य

निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ। आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए।

दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ। दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयजना भन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणि गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको श्रेष्ठले जानकारी दिए।

आयोगले मागअनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ।

अब केही दिनभित्रै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो।

असार १६ गतेको स्थायी समिति बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा एमाले दर्ताका लागि प्रक्रिया अघि बढाइएको भन्दै अर्का अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलयातका नेताहरुले राजीनामा मागेका थिए।

ओलीले आफू नेकपाकै अध्यक्ष भएकाले एमाले दर्ता गरिरहनु नपर्ने जवाफ दिएका थिए।

२०७५ साल जेठ २ गते तत्काली एमाले र माओवादी केन्द्रबीच एकता भएर ने क पा दल बनेपछि एमाले खाली थियो।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्