Logo
२३ बैशाख २०८१, आईतबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित बढेको पर्सा, रौतहटमा सीडीओ फेरिए

कोरोना संक्रमित बढेको पर्सा, रौतहट जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएको छ ।

साउन २६ मा बसेको मन्त्रिस्तरीय बैठकले सिडिओको हेरफेर गरेको हो।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पर्साको सिडियो बनाइएको छ। पर्साका सिडिओ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय तानिएको छ।

यस्तै धादिङमा अछामका सिडिओ पुण्यविक्रम गौतमलाई पठाइएको छ भने गोकर्णप्रसाद उपाध्यायलाई अछामको सिडियो बनाएर पठाइएको छ।

रौतहटमा इन्द्रदेव यादवलाई प्रजिअ बनाएर पठाइएको छ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्