Logo
२३ बैशाख २०८१, आईतबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटै टोलका १६ जनामा कोरोना संक्रमण देखिएपछि कोटेश्वरको असर्फी टोल ‘सिल’

 काठमाडौं कोटेश्वरको सेतीओपी मार्गस्थित असर्फी टोललाई सिल गरिएको छ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ का वडासदस्य राजेन्द्र न्यौपानेका अनुसार एउटै टोलका १६ जनामा कोरोना संक्रमण देखिएपछि सो ठाउँलाई आइतबार रातिदेखि बन्द गरिएको हो।

‘सो क्षेत्रका १४० जनाको स्वाब परीक्षण गर्न पठाएका थियौं, तीमध्ये अहिलेसम्म ११० जनाको रिपोर्ट आउँदा १६ जनामा संक्रमित देखिएका छन्,’ न्यौपानेले नेपालखबरसँग भने, ‘त्यसैले सो ठाउँलाई सिल गरिएको हो।’

उनका अनुसार सो ठाउँमा मान्छेहरुलाई अत्यावश्यक कामका सुरक्षा बिधि अपनाएर मात्र बाहिर निस्कन भनिएको छ। पसलहरु खोल्न दिइएको छैन।

‘तर मान्छेहरु बाहिर निस्किरहनु भएको छ, हामीले सकेसम्म नियन्त्रण गर्न खोजेका छौं,’ उनले भने।

त्यसपछि वडा समितिले सो क्षेत्रमा माइकिङ गरेर सबैलाई सचेत रहन आग्रह गरेको छ।

उनका अनुसार कोटेश्वर चोकस्थित पुलिस चौकी पश्चिम जाने बाटोमा पर्ने सो टोललाई सिल गरिएको हो।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्