Logo
१८ बैशाख २०८१, मंगलबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतम बुद्ध महान भारतीय हुन् : विदेशमन्त्री जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन्। भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्दै जयशंकर भनेका छन्।

‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो। पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी।

र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ’ भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्धलाई भारतको दाबी गरिएको यो पहिलो पटक भने होइन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारत बुद्धको भूमि भएको दाबी गरेका थिए।

मोदीको उक्त भनाइको पनि नेपालमा विरोध भएको थियो। मोदीले ठिक ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको उल्लेख गरेका थिए।

भारतीय पक्षबाट बेलाबखत आउने यस किसिमका अभिव्यक्तिहरुको नेपालमा चर्को विरोध हुँदै आएको छ। भारतीय पक्षबाट लुम्बिनीका सम्बन्धमा हुँदै आएका यस किसिमका अभिव्यक्तिले नेपालमा तीव्र प्रतिरोध हुँदै आएको छ।

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्