Logo
२३ बैशाख २०८१, आईतबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्लाहकारहरू समेत प्रधानमन्त्रीको PCR रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वाब परीक्षणको पिसिआर रिपाेर्ट नेगेटिभ आएकाे छ। यसअघि बालुवाटारका कर्मचारीमा गरिएको स्वाब परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापा र इन्द्र भण्डारी गरी ७ जनाकाे स्वाब लिइएकाे थियाे।

उनीहरू सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका हुन्।

 

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्