Logo
१७ बैशाख २०८१, सोमबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगर भोलिदेखी २ साताका लागि लकडाउन


मुलुकभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसहरुको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ । संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले कोरोनाको संक्रमण दर बढ्दै गएकाले फेरि लकडाउन गर्न बाध्‍य हुनु परेको बताए। उनले भने, ‘हामी महानगरलाई सुरक्षित राख्‍नको लागि पुनस् लकडाउन गर्दे सबैलाई घरमै सुरक्षित बस्न आग्रह गर्दछौ।’

यस्तै जिल्ला कोभिड क्राइसिस म्‍यानेजमेन्ट सेन्टर ९सीसीएमसी०को बैठकले समेत विराटनगर महानगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ भने शंका लागेमा परीक्षण गरान समेत अनुरोध गरेको छ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्