Logo
१८ बैशाख २०८१, मंगलबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाली पेटमा खान हुने र खान नहुने कुराहरु के के ? थाहापाउनुहोस्

मानवको स्वास्थ्यसछँग प्रतक्ष्य सम्बन्ध रहेको हुन्छ । यदि हामीले त्यही खाने कुरालाई राम्रोसँग खान जानेउ भने त्यो अमृत साबित हुन्छ भने गलत तरिकाले खायौँ भने विष बराबर हुन्छ । सामान्यतया मानिसहरु खानपिनमा खासै ध्यान दिने गर्दैनन् ।

कतिपय अवस्थामा गलत खानेकुराको सेवनले शरीरलाई स्वस्थ बनाउनु भन्दा खराब बनाउँदै लाने खतरा रहन्छ ।अहिलेको बतमान समयमा महिलाहरु घरायसी र बाहिरी काममा उत्तिकै सक्रिय हुने महिलाहरुले अझै बढी स्वस्थकर खानामा ध्यान दिनुपर्ने हुन्छ ।

साधारणतया धेरै मानिसहरु बिहानै खालि पेटमा कुन खाना खान हुने वा नहुने भन्नेमा अल्मलिएका पाइन्छन् । यस्तोमा खाना खाने समयको ज्ञान हुनु हितकारी हुन्छ । त्यसैले आज हामी हजुरहरुसामु विशेषगरी बिहान खाली पेटमाके खान खाने के खान नखाने भन्ने कुरामा चर्चा गर्न गइरहेका छौ ।

खाली पेटमा खान नहुने कुरा-

चिया र कफि

बिहान उठ्ने वित्तिकै चिया वा कफि पिउने बानी स्वास्थ्यको लागि लाभदायक नहुने बताएको छ । चिया तथा कफिमा एसिड धेरै मात्रामा हुने हुँदा पेट दुख्ने, ग्याँस भरिने जस्ता अवगुण हुन्छन् ।

अझ खाली पेटमा यस्ता चिया तथा कफिको सेवनले अल्सर नै हुने खतरा रहन्छ । चिया तथा कफिमा हुने क्याफिनको कारण यस्तो खतरा हुने बताईएको छ । यसको विपरित बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउँदा स्वास्थ्यको लागि लाभदायी हुनेछ । त्यसपछि चिया तथा कफि सेवन गरेमा तुलनात्मक रुपमा कम असर पर्ने बताएको छ ।

केरा र दही

खाली पेटमा केरा, दहिको प्रयोगले स्वास्थमा नकारात्मक असर गर्दछ बताएको छ। केरामा मेग्नेशियम धेरै मात्रामा हुन्छ ।केरा खालिपेटमा खायो भने चीसो लागेर मुटुमा असर गर्दछ । खाली पेटमा दहिको सेवनले पेट दुख्ने समस्या आउने उल्लेख गरिएको छ । खाली पेटमा यी वस्तुको प्रयोगले शुलको समस्या पनि देखिने छ।

मानव शरीर स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनु जरुरी छ । संयमित भएर सहि खाद्यान्नको सेवनले दीर्घजीवन बाँच्न सकिने भएकोले बेलैमा सचेत हुन चिकित्सकहरु सुझाव दिन्छन् ।

गोलभेंडा

विश्वभर नै गोलभेंडाको प्रयोग बढि हुने गरेको छ । गोलभेंडामा कतिपय गुण भएतापनि खाली पेटमा यसको सेवनले पेटलाई नराम्रो असर गर्ने बताइन्छ । यसको प्रयोग बढि हुँदै गएमा पित्तथैली तथा किड्नीमा पत्थर जम्ने समस्या शुरु हुन सक्ने चिकित्सकले बताएका छन् । सोही कारण गोलभेंडाको प्रयोग कम गर्न र खाली पेटमा खाँदै नखान सुझाइन्छ ।

सुठुनी

सुठुनीको प्रयोग बिहान गर्नु हुँदैन । बिहान सुठुनी खाँदा स्वास्थ्यमा नकारात्मक असर पैदा गर्छ । सुठुनीमा पेक्टिन, टेनिनको मिश्रण हुन्छ । यसले ग्याष्ट्रिक एसिड, पेटमा र टाउकोमा दुःख दिन्छ ।

औषधी
हामीले खाली पेटमा औषधी प्रयोग गर्नु हुदैन । औषधी प्रयोग गर्नाले हाम्रो आन्द्रामा असर गर्नुको सार्थ बढी साइड इफेट गर्दछ ।

खाली पेटमा खान हुने कुरा-

स्याउ

खाली पेटमा एउटा स्याउ खानु उपयुक्त हुने सुझाव सामान्यतया धेरै स्थानमा दिइने गरेको छ । बिहानको समय एउटा स्याउको सेवनले शरीरलाई आवश्यक उर्जा प्रदान गर्ने बताइन्छ ।

स्याउबाट शरीरले भिटामिन सी, एन्टीअक्सीडेण्ट र फ्लेवोनाइड पदार्थ पाउने भएकोले यसको सेवन गर्न चिकित्सकहरुले पनि सुझाव दिने गरेका छन् ।

मेथी

राती भिजाएको मेथी बिहान खाली पेटमा पानीसँग सेवन गर्नु स्वस्थकर हुन्छ । महिला र पुरुषलाई पनि उत्तिकै फाइदा पुग्ने मेथीले विशेषगरी महिलाहरुको लागि बढि लाभदायक रहेको मानिन्छ । मेथीको प्रयोगबाट पेट र हाडजोर्नीको समस्या कम हुने बताइन्छ ।

ज्वानो पानी

खालिपेटमा ज्वानो पानी खानाले खानाको स्वाद बढाउने मात्र नभएर यसले मानिसको पाचनक्रिया तन्दुरुस्त राख्छ । दैनिक १ गिलास ज्वानो पानीले शरीरको अनावश्यक वजन घटाउन सहयोग गर्दछ ।

विशेषगरी महिलालाई ज्वानोको प्रयोगले मधुमेहको सम्भावना कम गर्ने बताइन्छ । स्वस्थ शरीर र मुटु सम्बन्धी रोगबाट बच्न ज्वानो पानी खानु उपयुक्त हुने चिकित्सकले बताएका छन् ।

लसुन

लसुनले प्राकृतिक एन्टीबायोटिकको रुपमा काम गर्ने बताइन्छ । लसुनमा रोग प्रतिरोधी क्षमता बढाउने, एन्टीभाइरल र एंटीफंगल गुण हने बताइन्छ । यी गुणको कारण मानिसहरु बिरामी हुनबाट बच्न सक्छन् ।

बिहान एउटा लसुनको पोटी खानु स्वास्थको लागि फाइदाजनक छ । यसको प्रयोग कहिलेकाहीं मात्र गर्नुपर्छ, अधिक प्रयोग गर्दा यसले अन्य रोगको कारण बन्न सक्ने कुरामा शतर्क रहन विज्ञहरुले सुझाब दिएका छन्  । (एजेन्सी)

 

 

 

 

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्