Logo
२ जेष्ठ २०८१, बुधबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोटीको क्वारेन्टिनमा बसेका १९ वर्षीय एक युवकको मृत्यु

सुदूरपश्चिम प्रदेश स्थित डोटीको क्वारेन्टिनमा बसेका १९ वर्षीय एक युवकको मृत्यु भएको छ ।

जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो ।

भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी मुटुको रोगी भएको बुझिएको छ ।

उक्त क्वारेन्टिनमा तीन महिला १० जना छन् । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं, साँझसम्म भरसक रिपोर्ट आउँछ ।’ उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्