Logo
२३ बैशाख २०८१, आईतबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा आज बिहान ११ बजे सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मङ्गलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा टिव्टरमा यसबारेमा लेखेका छन् । उनका अनुसार प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गर्ने जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधन कोरोना भाइरसको सङ्क्रमण र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयासका बारेमा केन्द्रित हुने बताइएको छ ।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्