Logo
२३ बैशाख २०८१, आईतबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्ष २०७७ लकडाउनमै मनाउनुपर्ने, अझै एक हप्ता समयसिमा थप्ने समितिको निर्णय

देशभर फेरि एक हप्ता लकडाउने थप्ने निर्णय भएको छ । विश्वब्यापी कोरोना भाइरसको रोकथामका लागि लकडाउन लम्बिने भएको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अझै एक हप्ता लकडाउन थप्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव मन्त्रिपरिषदमा लाने टुंगो पनि लगाएको छ । आज बसेको समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

११ चैत्र देखि १८ चैत्रको विहानसम्म गरिएको लकडाउन थपेर २५ चैत्रसम्मका लागि लम्ब्याइएकोमा फेरि एक हप्ता लम्ब्याइएको हो ।

योसँगै यस वर्षको नयाँ वर्ष लकडाउनमै मनाउनुपर्ने भएको छ ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्