Logo
६ जेष्ठ २०८१, आईतबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालमा मृत्यु भएका पुरुषको कोरोना नतिजा नेगेटिभ

सोमबार वीर अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण नभएको पुस्टि भएको छ । ज्वरो आएका कारण सोमबार विहान उपचारका लागि अस्पताल आएका अन्दाजी ५० वर्षका ती व्यक्तिको सोमबार दिउँसो मृत्यु भएको थियो ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्‍त उनको नमुना परीक्षणको नतिजा नेगेटिभ आएको वीर अस्पतालका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

उनी हालै भारतबाट आएका थिए । सोमबार नै वीर अस्पतालमा मृत्यु भएका चन्द्रागिरि नगरपालिकाकी युवतीको पनि मंगलबार रिपोर्ट आएको थियो । उनी पनि कोरोना संक्रमित नभएको पुस्टि भएको छ ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्