Logo
२३ बैशाख २०८१, आईतबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले गर्यो अन्तर्वार्ताका कार्यक्रमहरु पनि स्थगित

अहिलेको बर्तमान समयमा विश्वभर फैलिइरहेको कोरोना भाइरसको महामारीबाट स्वास्थ्य संवेदनशीलता बढेको भन्दै लोक सेवा आयोगले आइतबार थप निर्णय गर्दै अन्तर्वार्ताका कार्यक्रमहरु पनि स्थगित गरेको छ ।

यसअघि चैत मसान्तसम्मका लिखित परीक्षाहरु मात्र स्थगित गरेको आयोगले आइतबारको निणर्य अनुसार अन्तर्वार्ताका कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गरेको हो।

आयोगको यस निर्णयबाट केन्द्रीय कार्यालयमा सञ्चालन हुने निजामती सेवातर्फ नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका अन्तर्वार्ता कार्यक्रम रोकिएको छ ।

लोक सेवा आयोगकी प्रवक्ता गीता होमेगाईले जारी गरेको विज्ञप्तिमा ‘आयोगको केन्द्रीय कार्यालय र अन्तर्गतका कार्यालयहरुमा मिति २०७६ चैत ११ गतेदेखि सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै अन्तर्वार्ताका कार्यक्रमहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गर्ने’ उल्लेख छ ।

यस्तै आयोगका बिभिन्न कार्यालयहरुबाट सञ्चालन हुने स्थानीय तहतर्फ चौथो तहका सहायक महिला विकास निरीक्षक पदका अन्तर्वार्ता कार्यक्रम पनि स्थगित भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

यसअघि आयोगले लिखित परीक्षामात्र स्थगित गर्ने तर अन्तर्वार्ताका कार्यक्रम स्थगित नगर्ने जनाएको थियो । लिखित परीक्षा स्थगित गर्ने लोक सेवाको निर्णयबाट १०४ वटा विज्ञापनका परीक्षा रोकिएका छन् ।

लिखित परीक्षा रोकिँदा ५० हजार परीक्षार्थी प्रभावित भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्