Logo
२३ बैशाख २०८१, आईतबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ वर्षीय फुटबल प्रशिक्षकले पनि कोरोना भाइरसको कारण ज्यान गुमाए

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण २१ वर्षीय फुटबल प्रशिक्षकले पनि ज्यान गुमाए ।

कोरोना भाइरसको सङ्क्रमणबाट स्पेनमा २१ वर्षीय युवा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो । उनी कोरोना भाइरसबाट ज्यान गुमाउने सबैभन्दा कम उमेरका पीडितमध्ये एक हुन् ।

फ्रान्सिस्को गार्सिया मलागाको क्लब एथ्लेटिको पोर्टाडाको जुनियर टिमको प्रशिक्षक हुन् । क्यान्सर पीडित गार्सियाको अस्पतालमा कोरनाकोे कारण ज्यान गएको क्लबले जानकारी दिएको छ ।

क्लबले शोक प्रकट गर्दै भने ‘गार्सियाको निधनले हामी दुःखी छौँ, उनको परिवारमा हाम्रो समवेदना छ । हामी तिमीलाई कहिल्यै भुल्न सक्दैनौँ ।’

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्