Logo
१८ बैशाख २०८१, मंगलबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्लिम सम्मेलनमा लाखौं सहभागीताको दावी : तर महिलालाई किन प्रवेश निषेध?

इस्लाम धर्मको ३ दिने ऐतिहासिक भनिएको प्रबचन प्रदेश २ स्थित सप्तरीको जांजरमा सभ्य र भब्य रुप्मा संपन्न भएको छ । आयोजकले लाखौंको सहभागीताको दावी गरिरहेका छन् । तर त्यहाँ एउटा पनि महिला किन गएनन् ? महिलालाई किन रोक्यो ? यो मुस्लिम सम्मेलन थियोे कि मात्र मुस्लिम पुरुष सम्मेलन ? यो खोजीको विषय हो ।

लेखिका : सोनिया खातुन

सम्पूर्ण मुस्लिम समुदाय कि मात्र मुस्लिम पुरुष समुदायको सम्मेलन यो कुरा बहसको मात्र होइन निययतको पनि कुरा हो ।

यस पबित्र र ऐतिहासिक कार्यक्रममा मुस्लिम महिलाहरुको स्थान खोइ? रहयो भने कहाँ ? मुस्लिम महिलाको सहभागिताको व्यवस्था किन गरिएन ?? के यो धार्मिक षड्यन्त्र होइन ? तपाईं प्रत्येक शुक्रवार मस्जिदमा जुमा-नवाज पढ्नेहरुको भीड त देख्नुहुन्छ तर त्यहाँ महिला कोही देख्नु हुन्न ? किन ? खोजी गर्नु परेन ? के मुस्लिम भनेको मात्र पुरुष हो ? र महिला दासी ? तपाईं इदगाहमा भिड त देख्नुहुन्छ तर मात्र पुरुष किन ?

जबकि…इस्लाम धर्ममा अल्लाहको पहिलो घर र पबित्र स्थल काबा सरिफमा (हजमा) मुस्लिम महिलाको स्थान छ, रोजा र नमाजमा पुरुष सरह अनिवार्य सहभागिता छ, महजिदमा सहभागिता छ, पबित्र कुरानमा स्थान छ, इस्लाम धर्मको हरेक इस्तम्भमा पबित्र स्थान, र हदिसहरुमा वीरगाथा छ। तर ब्यवहारमा बनावटी नक्कली मौलवीहरुका ढाडस किन ?

यस पबित्र र माहान धार्मिक कार्यबाट किन बन्चित राखियो मुस्लिम महिलालाई ? धेरैको मनको कुरा हो यो र खोजीको विषय पनि । खास गरि मुस्लिम समुदायका बुद्धिजिबीहरु तथा अगुवाहरुले जानकारी गरिदिनु हुन बिनम्र अनुरोध छ ज्ञान र जानकारीको लागि। धन्यवाद ।

@लेखिका खातुन मुस्लिम महिला अधिकारकर्मी हुन् ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्