Logo
२३ बैशाख २०८१, आईतबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरौटीमा रिहा गराइदिने भन्दै घुस लिने अख्तियारका पूर्व-सहप्रवक्ता पक्राउ

जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा रिजाल पक्राउ परेका हुन्।

अख्तियारले उनलाई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्त्यिारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यसअघि उनी निलम्बनमा परेका थिए । रिजाल लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदाँ अख्तियारका सहायक प्रवक्ता थिए।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्