Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदले गरे स्वतन्त्र राष्ट्रको मागः दानपानी फेरी बन्द गर्न आव्हान !

abhisekh-pratap-sah-rajnath-singh-meet-1काठमाडौ । संघिय समाजवादी फोरमका संसद अभिषेक प्रताप साहले स्वतन्त्र राष्ट्रको माग गर्दै फेरी दानापानी बन्द गर्न अहवान गरेका छन । समाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो अहवान गरेका हुन ।

‘बस करो मधेसी नेता अब आओ वापस मधेस, बंद करो दाना पानी तेल और माँगो अलग राष्ट्र मधेस’ यो आक्रोश हो संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताव शाहको ।

हिजो तीन दलबीच सविधान संशोधनमा कुरा नमिलेपछि मधेशमा अक्रोश बढेको हो । मधेशका नेताहरुले सत्ताधारी दललाई नै दोष देखाइरहेका छन् । नेता शाहले मधेशी नेतालाई मधेश फर्केर आन्दोलन गर्न अवनान गरेका हुन । उनले  मधेशी नेतालाई आन्दोलन गरि अलग मधेश राष्ट्र बनाउन अहवान गरेका छन ।

एमालेले मधेशवादी दललाई विखण्डनकारी भनेको आक्रोश हो । त्यसैगरि तराई मधेश लोकतान्त्रि पार्टीका सहप्रवक्ता कृष्णा सिहले अब समय वर्वाद नगर्न मधेशवादी दललाई सुझाव  दिएका हुन ।

अब वारपारको लडाई लड्न तयार हुन आग्रह गर्दै उनीहरु (तीन दल) जस्तो लडाई लड्न चाहन्छन् त्यस्तै लडाई लड्ने चेतावनी दिएका हुन ।   हाम्रो पहिचानलाई गाली दिने दलसँग अब कुनै सम्झौता हुँदैन, उनले  भने, मधेशी अझै सहादत दिन तयार छ, ‘हर डाल पे उल्लु बैठा है आन्जाम गुलिस्ता क्या होगा’

तर सांसद साहको उक्त तर्कलाई समाजिक संजालमा निकै आलोचना पनि भइरहेको छ भने केहिले सर्मथन पनि गरेका छन ।

तल हेर्नु उनको फेसबुक स्टाटस:

sah

प्रकाशित मिति: Nov 22, 2016

प्रतिक्रिया दिनुहोस्