Logo
२३ बैशाख २०८१, आईतबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी

श्रम अदालतले रोजगारतादातालाई नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी दिन पाउने बाटो खुला गरिदिएको छ । न्यायाधीश रामेश्वर रेग्मीको इजलासले हुलास मेटल क्राफ्टविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार आदेश दिँदै यस्तो व्यवस्था गरेको हो ।

हुलासबाट कटौतीमा परेका नेपाली कामदारले नेपाली भएकैले आफूलाई नहटाउन माग गर्दै अन्तरकालिन आदेशको माग गरेका थिए ।त्यसउपर मंगलबार पक्ष-विपक्षको बहसपछि रेग्मीले तत्काल अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेका हुन् ।

हुलासमा २५ जना भारतीय कामदार राखी आफूलाई नेपाली भएकै कारण हटाइएको उनीहरुले दावी गरेका थिए ।कान्तिपुर दैनिकबाट साभार ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्