Logo
३ असार २०८२, मंगलबार
(May 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीप लामिछाने गरे क्यानसँगको सम्झौतामा नरहने निर्णय

काठमाडौं, ३१ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौतालाई निरन्तरता दिन नसकिने बताएका छन् । ‘धेरै सोच विचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

आज (बुधबार) क्यानले स्कटल्याण्डमा हुने आगामी सिरिजमा खेल्ने नेपाली टोलीलाई विदाइ गरेको केही समयपछि सन्दीपले यस्तो उद्घोष गरेका हुन् । लामिछानेले आफूलाई क्यानले निरन्तर सहयोग गरेको भन्दै धन्यवादसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: May 14, 2025

प्रतिक्रिया दिनुहोस्