Logo
८ जेष्ठ २०८२, बुधबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट

492006487_1225504055601960_369686714015270937_n-1745398139.jpgप्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच बुधबार भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेट भएको हो ।

विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् । प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे ।

आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।  कार्लोससँगको भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको खेल राम्रो त छँदैथियो, मुस्कान पनि मीठो लाग्यो ।’

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्