Logo
२३ बैशाख २०८१, आईतबार
(April 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० घाइते, ३ जना गम्भीर

 काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा ८ जना महिला र २ जना पुरुष सवार थिए । जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको र अन्य ७ को अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति: Apr 24, 2024

प्रतिक्रिया दिनुहोस्