Logo
१९ बैशाख २०८१, बुधबार
(April 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दूधकोशीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 11, 2024

प्रतिक्रिया दिनुहोस्