Logo
१९ बैशाख २०८१, बुधबार
(April 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध, प्रतिपक्षीसँगै सत्तापक्ष पनि उभिए

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अष्गाडि नबढाउन आग्रह गरिन् ।

लगतै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिएका थिए, तर कांग्रेस सांसदहरु उभिएका छन् ।

अहिले सत्तारुढ दलका सांसदहरु पनि उभिएका छन् ।

सत्तापक्षले यो हाउस प्रतिपक्षीको मात्रै होइन भनिरहेका छन् भने प्रतिपक्षीले सत्ता अनुसार सभामुख चलेको आरोप ल्गाइरहेका छन् ।

प्रकाशित मिति: Apr 9, 2024

प्रतिक्रिया दिनुहोस्