Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पामा युवतीको बीभत्स हत्या : अनुसन्धानमा कुकुरको सहारा

पाल्पा । पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको घटनाको  अनुसन्धान गर्नको लागि भैरहवाबाट  कुकुर घटनास्थलमा लगिएको  छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा १९ बर्सिया पदमा सुनारको हत्या भएको अवस्थामा मङ्गलवार साँझ युवतीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी  सुगन्ध श्रेष्ठले हत्याको विषयमा अनुसन्धान गर्नेको लागि भैरहवाबाट तामिल प्राप्त कुकुरलाई  घटनास्थल लगिएको   बताए ।

उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। शवलाई अहिले पोष्टमाट्मको लागि जिल्ला अस्पताल तानसेन  ल्याएको छ ।

स्थानीयले हत्या भएको आशङ्का गरेका छन् । डिएसपी  श्रेष्ठले भने ‘हामी अनुसन्धान सुरु गरिसका छौ , अब के के    प्रमाण भेटिन्छ त्यस आधारमा थप अगाडि बढ्नेछौँ ।

जिल्ला प्रहरी, हार्थोक प्रहरी चौकी, सर्देवा प्रहरी चौकीबाट प्रहरी खटिएर अनुसन्धान थालेको उनले बताए । किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: Mar 27, 2024

प्रतिक्रिया दिनुहोस्