Logo
१६ बैशाख २०८१, आईतबार
(March 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी नियन्त्रणमा महराका तस्बिर

  सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ ।

महरालाई भैरहवा पक्राउ गरेर विमानस्थल हुँदै लाजिम्पाटस्थित सीआईवी कार्यालय लगिएको हो । स्वेटर, ग्रे कलरको ज्याकेटको पहिरनमा रहेका महरा मलिन अनुहारमा देखिन्थे ।

पक्राउ गरेर प्रहरीले महरालाई सिधै भैरहवा विमानस्थल लगेको थियो। महरालाई विमानस्थलमा पुर्याइँदा नेकपाका महासचिव विप्लव पनि विमानस्थलमै थिए । सो क्रममा विप्लवसँग महराको जम्काभेट भएको बताइएको छ ।

विप्लव  जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेको र सोही क्रममा प्रहरी नियन्त्रणमा रहेका महराको विप्लवसँग जम्काभेट भएको हो । सो क्रममा विप्लवले महराबारे चासो समेत रहेका थिए ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।  महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

 

 

प्रकाशित मिति: Mar 18, 2024

प्रतिक्रिया दिनुहोस्