Logo
१५ बैशाख २०८१, शनिबार
(March 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा एक स्टाफ नर्सको हत्या

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।

हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।

उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।

प्रकाशित मिति: Mar 15, 2024

प्रतिक्रिया दिनुहोस्