Logo
१७ बैशाख २०८१, सोमबार
(March 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिव्य शान्ति सहकारीका अध्यक्ष महर्जन पक्राउ, महर्जनलाई आज अदालतमा पेस गर्ने तयारी

 

२७ फागुन, काठमाडौं । बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था, काठमाडौंका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् ।

बचत फिर्ताको लागि पटक-पटक सहकारी संस्थाको नरदेवीस्थित कार्यालय पुग्दा पनि फिर्ता नगरेका महर्जन कार्यालय बन्द गरेर फरार भएका थिए । उनलाई यही फागुन २३ गते चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइ कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आज अदालतमा पेस गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

उक्त सहकारी कृष्ण महर्जनका परिवारका सदस्य र आफन्तहरु मिलेर चलाउँदै आएका थिए । कृष्णकी श्रीमती अञ्जलाले सो सहकारीको व्यवस्थापकको रुपमा काम गर्दै आएकी थिइन् ।

यसैगरी उपाध्यक्ष अशोक महर्जन, कोषाध्यक्ष सुनिल महर्जन, सचिव रेखा महर्जन तथा सदस्यमा सिरु श्रेष्ठ र दिव्यश्वरी महर्जन थिए ।

सञ्चालकले आफूहरुलाई ठगेको भन्दै सो सहकारीका ४० जनाभन्दा बढी बचतकर्ताहरुले प्रहरीमा उजुरी दिएका थिए । स्रोतका अनुसार दिव्य शान्ति सहकारीमा बचतकर्ताको ३ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ ।

प्रकाशित मिति: Mar 10, 2024

प्रतिक्रिया दिनुहोस्