Logo
१६ बैशाख २०८१, आईतबार
(February 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रतिनिधिसभा बैठक बस्दै : राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 25, 2024

प्रतिक्रिया दिनुहोस्