Logo
१५ बैशाख २०८१, शनिबार
(February 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै

प्रतिनिधि सभाको बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत हुने भएको छ ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

गत माघ १८ गते संसदमा दर्ता भएको यो विधेयकमा दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने व्यवस्था छ ।

प्रकाशित मिति: Feb 22, 2024

प्रतिक्रिया दिनुहोस्