Logo
१७ बैशाख २०८१, सोमबार
(February 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वसन्तपुरस्थित हनुमानढोकामा राष्ट्रपति तथा प्रधानमन्त्रीद्धारा वसन्त श्रवण

वसन्तपुरस्थित हनुमानढोकामा वसन्त श्रवण गरिएको छ।

नासलचोक पुगेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख देवराज घिमिरेलगायतले वसन्त श्रवण गरेका हुन् ।

राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको थियो। साथै राष्ट्रपतिले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेका थिए।

राष्ट्रपतिले विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए।

वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।

हनुमानढोकामा वसन्त श्रवण (तस्बिरहरू)

प्रकाशित मिति: Feb 14, 2024

प्रतिक्रिया दिनुहोस्