Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करार तथा अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले करार तथा अस्थायी कर्मचारीलाई हचुवाका भरमा नहटाउन तीनै तहका सरकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिएको छ ।

केन्द्रका उपसचिव हिरामणी सुवेदीले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७ ९३० बमोजिम प्रधानमन्त्रीस्तरबाट भएको निर्णय कार्यान्वयन गर्न तीनै तहका सरकारलाई भनेका हुन् ।

‘प्रचलित कानुनमा व्यवस्था भएमा बाहेक व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि करार -अस्थायी कर्मचारीलाई सेवाबाट हटाउने कार्य नगर्न-नगराउन

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयहरुलाई लेखी पठाउन राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७ ९३० बमोजिम

त्यहाँ मन्त्रालयलाई निर्देशन दिने भनी मिति २०८०-१०-२९ को निर्णय (सम्माननीय प्रधानमन्त्रीस्तर ) भएकोले सोही बमोजिम कार्यान्वयनको लागि अनुरोध छ’, केन्द्रले भनेको छ ।

कानुनी व्यवस्था र स्वीकृत बजेटको अधीनमा रही संघ, प्रदेश र स्थानीय गरी तीनै तहका आयोग, मन्त्रालय, विभाग तथा कार्यालयहरुमा

सेवा करारमा कर्मचारीहरु रहेको भन्दै केन्द्रले सार्वजनिक निकायमा नेतृत्व परिवर्तन हुँदा वा नहुँदा समेत व्यक्तिगत पूर्वाग्रह या हचुवाका भरमा

सेवा करारर अस्थायी सेवामा कार्यरत कर्मचारीहरुलाई हटाउने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ ।

प्रकाशित मिति: Feb 13, 2024

प्रतिक्रिया दिनुहोस्