Logo
२३ बैशाख २०८१, आईतबार
(February 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग छानबिन समितिले लियो बयान

सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

६० किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनी छानबिनको दायरामा परेका हुन् । समितिले बोलाएपछि भण्डारी बिहीबार सिंहदरबार गएका थिए ।

भण्डारीको नाम विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा समेत जोडिएको थियो । तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पनि भएको कुराकानीका कारण उनी छाबिनको दायरामा आएका हुन् ।

संदिग्ध गतिविधिका आधारमा सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पनि भण्डारीलाई बयानमा बोलाएको हो ।

यसअघि समितिले नेकपा माओवादीका नेता कृष्णबहादुर महरालाई पनि बयानका लागि बोलाएको थियो । उनले सिंहदरबारमै गएर बयान दिएका छन् ।

 

प्रकाशित मिति: Feb 8, 2024

प्रतिक्रिया दिनुहोस्