Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी शर्मा ओलीले उद्घाटन गरेका एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

बागमती प्रदेश स्थित नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको खबर छ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

प्रतिनिधि मनोनयमा विवाद हुँदा अधिवेशन कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्तिमार्फत् जनाएका छन्।

हिजो शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको र सन्तोष खनालको हात भाँच्चिएको ढुंगेलले बताएका हुन्।

बन्दसत्र चलिरहँदा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको थियो। ‘शनिबार बन्दसत्रको सुरूआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्‍यो। यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वयसम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको र प्रतिनिधि छनोट नै समस्याग्रस्त बन्न पुगेको बताएका छन्।

 

 

प्रकाशित मिति: Feb 4, 2024

प्रतिक्रिया दिनुहोस्