Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा उठाउने नागरिकको मुद्दाबारे छलफल गर्न शुक्रवार रास्वपाको बैठक

संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिकको मुद्दा र विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रवार संसदीय दलको बैठक बस्ने भएको छ ।

रास्वपाले बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ । संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

संघीय संसदको बैठक २२ माघमा बोलाइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा बुझिन्छ । अघिल्लो संसद बैठकले एउटा मात्रै कानुन बनाएको थियो ।

प्रकाशित मिति: Jan 31, 2024

प्रतिक्रिया दिनुहोस्