Logo
२३ बैशाख २०८१, आईतबार
(January 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिभिन्न दलका १२ सना संघीय सांसदहरु फेब्रुअरी ७ सम्म भारत भ्रमणमा रहने

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु भारत भ्रमणमा जाने भएका छन् ।

भारत सरकारको निमन्त्रणमा एक दर्जन सांसदहरु भारत जान लागेका हुन् । उनीहरुको भ्रमण यही जनवरी ३० बाट सुरु हुनेछ । उनीहरु फेब्रुअरी ७ सम्म भारतमा रहनेछन् ।

समितिका सभापति यादवले भ्रमण दलमा १२ जना सांसदहरु सहभागी हुने जानकारी दिए । भ्रमणको क्रममा नेपाली प्रतिनिधि मण्डलले भारतको लोकसभाका सभामुखसँग भेटवार्ता गर्ने तय भएको छ ।

जनवरी ३१ मा सो भेटवार्ता हुनेगरि तय भएको छ ।

प्रकाशित मिति: Jan 29, 2024

प्रतिक्रिया दिनुहोस्