Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिबाट विभुषित मालपोत अधिकृत पनेरु महत भ्रष्टाचार मुद्दामा दोषी ठहर

मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत पनेरु महत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।

विशेष अदालतका न्यायाधीश एकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार अधिकृत महतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

महतलाई विशेष अदालतले ६ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

उनलाई अख्तियारको टोलीले २०७९ वैशाख ११ गते सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो।

बुवाको नामको जग्गा दाखिला खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट उक्त घुस लिइसकेपछि पनेरुलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो।

यसअघि राष्ट्रपति बिद्यादेबी भण्डारीले १ वैशाखमा राज्यले निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट अधिकृत महतलाई विभुषित गरेको थियो ।

त्यसको ११ औं दिनमा मालपोत अधिृकत महत घूस रकमसहित रंगेहात पक्राउ परेकी थिइन् । आयोगले महतलाई एक लाख ५० हजार रुपैयाँ घूस रकम सहित ११ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग घूस लिएकी थिइन । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट घूस रकम लिएकी हुन् ।

उनलाई आयोगको टोलीले घूस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका–४ कोप्चेबाट केही समय अघि नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्