Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमानस्थलमा खटिएका प्रहरीले गरे अध्यागमन कार्यालयका प्रमुख गोगन हमालमाथि हातपात

विमानस्थलमा खटिएका प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमालमाथि हातपात गरेका छन्।

शुक्रबार बिहान अध्यागमनका एक अधिकृत छायालाल मोक्तानमाथि हातपात गरेको विषयमा हमालले प्रश्न उठाउँदा ती प्रहरीले हमालमाथि नै हातपात गरेका हुन्।

अध्यागमन विभागका सुचना अधिकारी प्रेम प्रसाद दाहालले प्रमुख हमाल र अधिकृत मोक्तानमाथि हातपात भएको र अहिले छलफल भइरहेको बताए।

यो विषयमा अध्यागमन विभागले प्रहरी प्रधान कार्यालयलाई जानकारी गराइसकेकाे छ।

उनले भने, ‘अधिकृत छायालाल मोक्तानमाथि प्रहरीले हातपात गरे। त्यसपछि प्रमुख हमालमाथि पनि हातपात भएको छ। अहिले सोहि विषयमा छलफल चलिरहेको छ।’

 

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्