Logo
१६ बैशाख २०८१, आईतबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा ७५ औं गणतन्त्र दिवस मनाइदै, फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि

भारतको आज ७५ औं गणतन्त्र दिवस । यस अवसरमा भारतले आज गणतन्त्र दिवस तथा संविधान दिवस मनाउँदैछ । ‘विकसित भारत’ और ‘भारत-लोकतंत्र की मातृका’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

सन् १९५० जनवरी २६ तारिखमा संविधान घोषणा भएको दिनको सम्झनामा भारतले हरेक वर्ष आजको दिन ‘रिपब्लीक डे’ मनाउँदै आएको छ । देशका प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसादले २१ तोपको सलामीसहित झन्डा फहराउँदै भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेका थिए ।

सन् १९४७, अगष्ट १५ तारिखमा भारत बेलायतको उपनिवेशबाट मुक्त भएको थियो । त्यसको साँढे दुई वर्षपछि भारतले नयाँ संविधान घोषणा गर्दै गणतन्त दिवस मनाउन थालेको हो ।

नयाँ दिल्लीमा हुने आजको विशेष समारोहमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों प्रमुख अतिथि बनेका छन् । गत वर्ष जुलाइमा फ्रान्सको राष्ट्रिय दिवस अर्थात ‘बास्टिल डे’ को कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विशेष अतिथि बनेका थिए ।

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्