Logo
२३ बैशाख २०८१, आईतबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी पीडितका एजेण्डा संसदमा प्रवेश गराउने रास्वपाको तयारी

देशभरका सहकारी पीडितका एजेण्डा संघीय संसदमा प्रवेश गराउने राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ ।

रास्वपा नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले आगामी संसद् अधिवेशनमा सहकारी पीडितहरुले न्याय नपाएका कुराहरु जोडदार रुपमा उठाउने तयारी रहेको बताएका छन् ।

आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा संवाद गर्दै उनले रास्वपाले जनताको जनजीविकाका कुराहरुलाई संसदमा उठाइरहेको र आगामी अधिवेशनमा पनि दह्रो रुपमा उठाउने बताए ।

‘हामी सधैं जनजीविकाका एजेन्डा लिएर उपस्थित भइरहेका छौं । आउने अधिवेशनमा पनि विशेष गरी जनजीविकाका एजेण्डाहरु, विशेष गरी पछिल्लो दिनमा सहकारी पीडित जनताले न्याय नपाएको, संगसँगै अरु पनि थुप्रै क्षेत्रमा विकास निर्माणका आयोजना, राष्ट्रिय गौरवका आयोजनाहरु अवरुद्ध भइरहेका छन् । यिनै एजेण्डाहरु लिएर हामी आगामी अधिवेशनमा दह्रो रुपमा प्रस्तुत हुन्छौं,’-उनले भने ।

पछिल्लो समय गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष गितेन्द्र बाबु राई सहकारी ठगी प्रकरणमा मुछिएका छन् । सोही मिडियाका तत्कालीन सञ्चालकसमेत रहेका लामिछानेलाई पनि सो प्रकरणमा जोडिएर समाचारहरु बाहिर आइरहेका छन् ।

तर, लामिछानेले भने आफू उक्त सहकारी ठगी प्रकरणमा संलग्न नरहेको र सहकारी पीडितहरुको बचत फिर्ताका लागि आफू फ्रन्ट लाइनमा रहेर काम गर्ने बताउँदै आएका छन् ।

रास्वपा सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता भएका प्रमाणहरु भए, काहीँ ऋण लिएर तिर्न बाँकी भए, तिनुपर्ने नतिरेको भए तिर्न तयार रहेको र कानुन बमोजिम सजाय भोग्न तयार छु भनेर भनिरहँदा मिडियाहरुले खेदिरहेको भन्दै पराजुलीले आपत्ति जनाए ।

संघीय संसद्को हिउँदे अधिवेशन आगामी माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ ।

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्