Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको उपकुलपति बन्न ४३ जना तयार, परेन डा. बाबुराम भट्टरईको निवेदन

त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपति बन्न दुई महिलासहित ४३ जना प्राध्यापकले खुला प्रतिस्पर्धाका लागि आकांक्षा देखाएका छन् । यसअघि चर्चा फैलाइए अनुसार उपुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरईको निवेदन भने परेको छैन ।

आवेदन दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाको आवेदन परेको उपुकलपति सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए ।

समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये एकलाई कुलपतिले नियुक्ति दिने व्यवस्था छ । प्रधानमन्त्री तथा कुलपतिको निर्देशनमा सहकुलपति तथा शिक्षामन्त्री अध्यक्षताको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो ।

प्रतिस्पर्धाका आधारमा त्रिविको उपकुलपति चयन गर्न छनोट र सिफारिस कार्यविधिसहित सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो । कार्यविधिअनुसार अन्तर्वार्ता र प्रस्तुतीकरणबाहेकका अंकबाट अल्पसूची तयार पारिनेछ ।

आवेदन दिनेमध्ये एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ, तिनै उम्मेदवारलाई अल्पसूचीमा राखिनेछ । अल्पसूचीबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई नियुक्ति दिने भनिएको छ ।

कुनै पनि राजनीतिक दलको सदस्य भएका र त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई भने दरखास्त दिनबाट वञ्चित गरिएको छ । समितिमा शिक्षामन्त्री राई अध्यक्ष, शिक्षा सचिव अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् ।

आवेदकबीच शैक्षिक योग्यता, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा एक सय अंकमा प्रतिस्पर्धा गराउने कार्यविधिमा उल्लेख छ ।

विश्वविद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनालाई ३५ अंक छुट्याइएको छ । प्रस्तुतीकरणमा २० र अन्तर्वार्ताका लागि १५ अंक तोकिएको हो ।

प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ ।

३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।

आवेदक प्रतिस्पर्धीहरु : 

शिवलाल भुसाल, त्रिविका निमित्त उपकुलपति

नन्दबहादुर सिंह, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति

तीर्थराज खनियाँ, त्रिविका पूर्वउपकुलपति

लेखनाथ शर्मा, खुला विश्वविद्यालयका पूर्वउपकुलपति

केशरजंग बराल, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति

चन्द्रमणि पौडेल, त्रिविका पूर्वरजिस्ट्रार

नवराज देवकोटा, गण्डकी विश्वविद्यालयका उपकुलपति

गुणनिधि न्यौपाने, पूर्वरेक्टर

कुसुम शाक्य, त्रिवि मानविकी संकायकी डिन

चित्रबहादुर बुढाथोकी, शिक्षा संकायका डिन

महानन्द चालिसे, त्रिवि कार्यकारी परिषद्का सदस्य

भीमसेन देवकोटा, ताहाचल क्याम्पसका प्राध्यापक

कृष्णराज तिवारी, पूर्वडिन

इन्द्रबहादुर कार्की, पूर्वडिन

राजकुमार पोखरेल, पूर्वडिन

बालमुकुन्द रेग्मी, पूर्वडिन

एकराज ओझा, पूर्वडिन

देवबहादुर खड्का, पूर्वडिन

अक्कल देव मिश्र, पूर्वडिन

प्रमोदकुमार झा, पूर्वडिन

त्रिरत्न बज्राचार्य

संगीता रायमाझी

गोविन्द सुवेदी

टंकनाथ धमला

भोजराज अर्याल

प्रकाश घिमिरे

केदारनाथ घिमिरे

 

प्रकाशित मिति: Jan 23, 2024

प्रतिक्रिया दिनुहोस्