Logo
१६ बैशाख २०८१, आईतबार
(January 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षौंदेखि विवाद रहेको अयोध्यामा आज भगवान रामको प्राणप्रतिष्ठा, नेपालमा पनि सार्वजनिक विदा

वर्षोदेखि मन्दिर र मस्जिदको नाममा विवादित रहेको अयोधामा अन्ततः राम मन्दिरको निमार्ण गरिएको छ । २२ जनवरी अर्थात् आज सोमवार भारतको इतिहासको पानामा नयाँ आयाम थपिने छ ।

वर्षौंको संघर्ष र बलिदानपछि अयोध्यामा भगवान रामको प्रतीमाको प्राणप्रतिष्ठा हुन लागेको हो । अहिले अयोध्या र उत्तर प्रदेशमात्रै होइन, पूरै भारत राममय बनेको छ भने यसको असर नेपाल सहित बिभिन्न देशमा पनि देखिएका छन् ।

नेपालको तराई क्षेत्रका कयौ पालिकाले आज सार्वजनिक विदा नै दिएका छन् । मुस्लिम र हिन्दु दुवै धर्मको दाबीका कारण अयोध्या वर्षौ.देखि विवादित रहँदै आएको थियो ।

यस्तो छ, १५२८ देखि २०२४ सम्मको घटनाक्रम : 

१५२८ : राम जन्म स्थान भनिएको स्थानमा मुगोल सम्राट बाबरद्वारा मस्जिदको निर्माण (बबरी मस्जिद) ।

१८५५ : हिन्दु-मुस्लिम दङ्गा (मस्जिद अगाडि घेरा लगाईयो) ।

१८५६/५७ : हनुमानगढी र बाबरी मस्जिद अगाडी हिन्दु-मुस्लिम दङ्गा ।

१८५९ : हिन्दु-मुस्लिमका लागि बिचमा तारबार लगाईयो ।

१८८५ : महन्थ रघुवरदासद्वारा मुद्दा दायर, मन्दिर बनाउन अनुमती माग ।

१९३४ : सम्प्रदायिक हिंसा र मस्जिद तोडफोड, तत्कालीन सरकारद्वारा हिन्दुमाथी जरिवाना तोक्यो ।

१९४९ : मस्जिदमा भगवान रामको मुर्ती फेला पारेको भनियो, उक्त विवादित क्षेत्रमा तला लगाईयो । केके नैयरद्वारा आन्दोलनको नेतृत्व, नेयर जनसंघ द्वारा लोकसभा सांसद बन्न सफल ।

१९८४ : ताला खोल्न आन्दोलन, बिजेपी नेता लालकृष्ण आडवानीद्वारा बिहारको सितामढीबाट अयोध्यासम्म रथ यात्रा ।

१९८६ : जिल्ला प्रशासनद्वारा हिन्दुका लागि ताला खोल्यो ।
मुस्लमानद्वारा बाबरी मस्जिद बचाउ अभियान सुरु ।

१९८९ : विश्व हिन्दु परिसदद्वारा राम मन्दिर निर्माणका लागि शिलान्यास ।

१९९० : हिन्दुहरुद्वारा मस्जिद तोडफोड प्रयास, तत्कालीन प्रधानमन्त्री चन्द्रशेखर द्वारा वार्ता प्रयास तर असफल । मन्दिर बनाउन दवाबस्वरुप लालकृष्ण आडवाणीद्वारा सोमनाथदेखि अयोध्यासम्म रथ यात्रा ।

१९९२ : विश्व हिन्दु परिषद, शिवसेना र बिजेपी कार्यकर्ताद्वारा मस्जिद ध्वस्त । हिन्दु-मुस्लिम सम्प्रदायिक दङ्गा भड्कियो ।

१९९३ : नर्सिंहा राउ सरकारद्वारा अध्यादेश जारी । ६८ एकड जग्गा अधिग्रहण गरियो ।

२००२ : BJP द्वारा घोषणापत्रमा राम मन्दिरको मुद्दा समावेश अस्विकार । विश्व हिन्दु परिषदद्वारा मन्दिर निर्माण घोषणा ।

२०२० : सर्वोच्च अदालतद्वारा अधिग्रहण गरिएको जग्गामा मन्दिर बनाउन रोक लगाईयो ।

२००३ : इलाहवाद हाईकोटको आदेशमा पुरातात्त्विक विभागद्वारा उत्खनन कार्य गरियो । मन्दिर अवशेष फेला ।

२००४ : तत्कालीन गृहमन्त्री लालकृषण आडवाणीद्वारा अस्थायी मन्दिरमा पुजाअर्चना गर्दै मन्दिर निर्माण घोषणा ।

२००६ : काङ्ग्रेस सरकारद्वारा मस्जिद बिधोंश मामिलामा बिजेपी, बजरङ्ग दलविरोध आरोपपत्र दायर । लिब्रहान आयोगमा लिखित बयान जारी ।

२००९ : लिब्रहान आयोगको प्रतिवेदन संसदमा पेश, नरसिंहा राउलाई क्किन चिट, अटलबिहारी बाजपेयलाई दोशी करार ।

२०१० : इलाहवाद उच्छ अदालतद्वारा अधिग्रहण जग्गालाई तीन भागमा बाडियो ।

२०१९ : सर्वोच्च अदालतद्वारा सबै जग्गा राम मन्दिर बनाउन दिन आदेश । २५ किलोमीटर अलग क्षेत्रमा मस्जिद बनाउन थप आदेश ।

२०२० : प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राम मन्दिरको भूमीपुजन । मन्दिर निर्माणका लागि शिलान्यास ।

२०२४ : प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भब्य राम मन्दिरको उदघाटन ।।

प्रकाशित मिति: Jan 22, 2024

प्रतिक्रिया दिनुहोस्