Logo
१६ बैशाख २०८१, आईतबार
(January 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौनशोषणको आरोप लगाउँदै अदालत परिसरमै आत्मदाहको प्रयास गर्ने आरती सर्वोच्चको गेटबाट पक्राउ

पति-पत्नीको घरयासी झगडापछि विवादमा तानिएर निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन् । मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् ।

प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् ।

त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उनीहरूबीचको मुद्दा अदालती प्रक्रियामा छ ।

प्रकाशित मिति: Jan 16, 2024

प्रतिक्रिया दिनुहोस्