Logo
१६ बैशाख २०८१, आईतबार
(January 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १० को एसईई परीक्षा रद्द नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन्।

‘एसईई हुनुपर्छ तर, केन्द्रीकृत नभई प्रादेशिक रूपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’-अध्यक्ष शर्माले भने। विधेयक कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ। उक्त प्रावधानले विद्यार्थीहरूको पढाइमा झन् कमी आउने उनको तर्क छ।

‘अहिले कक्षा ८ मा त्यसपछि कक्षा १० र १२ कक्षामा परीक्षा भइरहेको छ। यदि ८ मा परीक्षा गरेर सिधै १२ गर्दा बिचमा ४ वर्ष ग्याप हुन्छ,’- अध्यक्ष शर्माले भने, ‘चार वर्ष ग्याप हुँदा विद्यार्थीको पढाइ तथा मूल्याङ्कनमा थप कमी आउने हो कि भन्ने हाम्रो चिन्ता हो।’

अहिले कक्षा ११ मा सम्बन्धित विद्यालयले नै परीक्षा लिने गरेको छ। विद्यालयले लिने परीक्षामा शतप्रतिशत विद्यार्थी पास हुने गरेका छन्।

तर, कक्षा १२ को बोर्ड परीक्षामा भने ५० प्रतिशत विद्यार्थी पास हुने गरेका छन्। यस्तो अवस्थामा कक्षा १० को बोर्ड परीक्षा हटाएको खण्डमा फेल हुने दर झन् बढ्ने अध्यक्ष शर्माको भनाइ छ।

प्रकाशित मिति: Jan 11, 2024

प्रतिक्रिया दिनुहोस्