Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्राउ परेका रामबहादुर बम्जन पत्रकार सम्मेलन मार्फत सार्वजनिक

‘तपस्वी’ नामले चर्चित रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो ।

मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो ।

उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ । २०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध यौन शोषणको उजुरी दिएकी थिइन् ।

बम्जनको खोजतलास गर्ने क्रममा मंगलबार करिव १९ः १५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा उनी झ्यालबाट भाग्ने प्रयास गरेका थिए । भाग्ने क्रममा ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति: Jan 10, 2024

प्रतिक्रिया दिनुहोस्